सरोज कुमार पासमान, सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नं. ३ नयाँ चोहर्वाबाट खैरो हिरोईन सहित एकजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पानी तान्ने मोटर चोरी मुद्दामा जिल्ला अदालतबाट मिति २०८० मंसिर १ गते पक्राउ अनुमति पत्र प्राप्त भई वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ९ डण्डाटोल बस्ने वर्ष ३० को श्रीदेव यादवलाई ई.प्र.का. गोलबजार सिरहाबाट प्र.ह.अमित यादवको कमाण्डमा खटिएको २ जनाको टोलीले खोजतलास गर्दै जाँदा निजलाई नरहा गाउँपालिका वडा नं. ३ मा नियन्त्रणमा लिएको थियो । निजको शरिरको खानतलासी गर्दा उनले लगाएको पाईन्टको दाहिने खल्तिबाट कालो प्लाष्टिकमा बेरी राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेकोले निजलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई ई.प्र.का. गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य प्रहरीले जानकारी दिएका छन् । प्लाष्टिक सहित ९७० मिलिग्राम र प्लाष्टिक बाहेक ९०० मिलि ग्राम खैरो हिरोइन सहित पक्राउ परेका यादव वारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।