कार्तिक २५, २०८०
सर्लाही — नेपाल–भारत सीमानजिक पर्ने सर्लाहीको लक्ष्मीपुरबाट सशस्त्र प्रहरीले चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ५ किलो चाँदीसहित एक भारतीय र एक नेपाली पक्राउ परेका हुन् ।
बलरा नगरपालिका–३ लक्ष्मीपुरस्थित नेपाल–भारत सीमाबाट ५ किलो ३ सय ५३ दशमलव १ सय ग्राम चाँदीसहित भारतको सीतामढी जिल्ला रिगाग्राम पञ्चायत–८ का २६ वर्षीय धर्मेन्द्रकुमार साह र रौतहटको यमुनामाई गाउँपालिका–२ का २१ वर्षीय शेख असिम आलम सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छतौनाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एफ ६८७० नम्बरको मोटरसाइकल चेकिङका क्रममा चाँदी र ५० हजार नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
चाँदीको बुनिया, रड, र बालाको स्वरूपमा ल्याइएको सो चाँदीको बजार मूल्य ६ लाख ४७ हजार १ सय ८ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको चाँदी, नगद, मोटरसाइकलसहित पक्राउ परेका दुईजनालाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको