आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाले ५ रनको रोमाञ्चक जित हात पारेको छ।शनिबार धर्मशालामा भएको खेलमा अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ९ विकेटको क्षतिमा ३८३ रन बनाएको थियो।दुवै इनिङ्ग्समा गरी कुल ७७१ रन बनेको खेलमा न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको थियो।अन्तिम ओभरको सुरुवाती चार बलमा न्युजिल्यान्डले १२ रन जोडेको थियो। तर पाँचौ बलमा जेम्स नीशम ५८ रनमा रनआउट भएपछि न्युजिल्यान्डलाई अन्तिम बलमा छक्का चाहिएको थियो। जसमा फर्ग्युसनले अस्ट्रेलियाका मिचेल स्टार्कको बलमा कुनै रन लिन सकेनन्।त्यसअघि न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ११६ रन र ड्यारल मिचेलले ५४ रन जोडेका थिए।बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिँदा जोश हेजलउड र प्याट कमिन्सले २-२ विकेट लिए।टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४ बल खेल्न बाँकी छदा ३८८ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि ओपनरद्वय डेभिड वार्नरले ८१ रन र ट्रेविस हेडले १०९ रनको योगदान गरे।ग्लेन म्याक्सवेलले २४ बलमा ४१ रन जोड्दा जोश इंग्लिसले ३८ रन र प्याट कमिन्सले ३७ रन बनाए।बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३-३ विकेट लिए।अंक तालिकामा अस्ट्रेलिया ८ अंकसहित चौथो र न्युजिल्यान्ड समान ८ अंक जोडेर नेट रनरेटको आधारमा अघि रहँदै तेस्रो स्थानमा छ।