सिरहा, कार्तिक ७ गते । एसीसी यु–१९ एकदिवसिय प्रिमियर कपको उपाधी नेपालले जितेको छ । मलेसियाको वायुमास खेल मैदानमा आज युएईलाई २० रन अन्तरले पराजित गर्दै उपाधी जितेको छ ।
युएईले वर्षाको कारण छोट्याईएको २७ ओभरको खेलमा १९८ रनको लक्ष्य पाएको थियो । २६.५ ओभरमा १७८ रनमा युएई अलआउट हुन पुग्यो ।
नेपालका आकाश त्रिपाठीले ४, सुभाष भण्डारील ३, आकाश चन्द २ र हेमन्त धामीले १ विकेट लिएका छन् । युएईका ध्रुव परासर ५९, आर्यन शर्मा ३२ र आयन खान ३० रनको योगदान गरेका छन् ।
यस अघि नेपालले कप्तान देव खनालको शतकको मद्दतले ८ विकेट क्षतिमा २ सय ८० रन बनाएको थियो । उत्तम राणाथापा मगर ७५, अर्जुन खनाल ५२ र दिपक प्रसाद डुम्रे २८ रन बनाएका थिए । युएईका हरित सेट्ठी ५ र आयन खानले २ विकेट लिएका थिए ।