सिरहा, कार्तिक ५ गते । दशैंको सप्तमी देखि सुरु हुने मधेशमा खोइछ भर्ने चलन महाअष्टमी, नवमीसम्म रहन्छ । यसै क्रममा मधेसका विभिन्न जिल्लामा विवाहिता महिलाहरुले ‘‘खोइछ’ गर्ने गर्छिन् । पति र सन्तान रक्षाको लागि देवी दुर्गालाई विशेष पूजाको रुपमा खोइछ भर्न परम्पार रहँदै आएको छ ।
मधेश प्रदेशका विभिन्न शक्तिपीठसँगै छिमेकी भारतका विभिन्न ग्रामीणर बजार क्षेत्रमा रहेको दुर्गा भवानीको मन्दिरमा महिलाहरुले खोईछ भर्दै आएका छन् । दुर्गा भगवतीको अगाडि चोखो वस्त्र ओच्छयाएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, फलफूल र पुजा सामग्री राखेर
पति र सन्तानको दिर्घायुको कामना गरी खोइछ भर्ने चलन रहेको छ ।
यहि क्रममा सिरहा सदरमुकामस्थित दुर्गा भवानीको मन्दिर, माडर, कल्याणपुर, सारस्वर, भलुवाही, मिचैैया, मल्हनीया पिरारी, कर्जन्हा, बन्दीपुर, चोहर्वा, लहान, गोलबजार, सुखिपुर, बरियारपट्टी, औरही, भारतको जयनगर, दलनिया लगायत विभिन्न स्थानका शक्तिपीठमा खोइछ भर्नेको भीडभाड देखियो ।