सिरहा, कार्तिक ५ गते । सिरहा नगरपालिका २२ हकपारामा रहेको एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । संचालक समितिको अध्यक्षमा लगातार पाचौं कार्यकालको लागि शत्रुधन साहलाई निर्वाचित गरेको छ । अध्यक्षमा साहसँगै उपाध्यक्षमा उमा साह, सचिबमा रामचरित्र यादव, कोषाध्यक्ष ज्ञानेन्द्र कुमार यादब, सदस्यमा रामबिलास यादव, श्रीमति उर्मिला देवी यादव र रन्जित कुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।
दशौ बार्षिक साधारणसभाको सिरहा नगरपालिकाका मेयर डा नवीन कुमार यादवले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सिरहा नगरपालिका–२२ का वडाअध्यक्ष जीबछ्नारायण यादव, राष्ट्रिय सहकारी बैंक लहान शाखाका प्रमुख समीर श्रेष्ठ, सिरहा क्याम्पसका पूर्व क्याम्पस प्रमुख मधुसुदन यादव लगायतको सहभागिता रहेको थियो ।