सिरहा, कार्तक ५ गते । सिरहाको लहानमा रहेको चर्चित माखन भोग होटलको खानामा किरा भेटिएको छ ।
लहानको पशुपति आदर्श माविको अगाडि पूर्वपट्टी रहेको माखन भोग होटलमा बारम्बार खानामा किरा भेटिएका घटना सार्वजनिक हुँदै आएको छ । स्वास्थ्यलाई नै गम्भीर असर गर्ने गरी खानकुरामा किरा भेटिएनपनि माखन भोज संचालकलाई हाईसन्चो छ ।
पत्रकार धर्मेन्द्र पासमान परिवार सहित माखनभोजमा खान खान गएका थिए । खानामा किरा भेटिएको गुनासो गरेपनि होटल संचालकले उल्टै दुरव्र्यवहार गरेको उनले समाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । अनुगमन टोलीले माखनभोजलाई विशेष छुट दिएको कारणले पटक पटक खानेकरामा किरा भेटिनु घटना समान्य बनेको छ ।
अन्य होटल भन्दा महँगो मूल्यमा खानेकुरा, मिष्ठान बेच्दै आएका माखनभोजमा सरसफाईमाथि सधैं प्रश्न उठने गर्छ । अनुमगन टोलीको निरिहताकै कारण माखन भोज कारबाहीको दायराबाट उम्किदै आएको छ ।
घटना सार्वजनिक भएपछि लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले होटलको अनुगुमन गर्ने समाजिक संजालमार्फत प्रतिबद्धता जनाएका छन् ।
पत्रकार पासमानले होटलको अनुगमन गर्न लहान नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, जिल्ला प्रशासन कार्यालय सिरहा, उद्योग वाणिज्य संघ सिरहालाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । खानामा किरा परेको गुनासो गरेपछि होटल संचालक रोशन अग्रवालले दुरव्र्यवहार गरेको घटना विरुद्धमा उजुरी गर्ने बताएका छन् ।