सिरहा, कार्तिक ५ गते । सिरहाको दुर्गा मन्दिर परिसरमा प्राथमिक उपचार शिविर राखिएको छ ।
सप्तमीदेखि विजया दशमीसम्मको लागि प्राथमिक उपचार शिविर राखिएको मातृभूमी युवा समाज नेपाल सिरहाका अध्यक्ष मनिष यादवले बताएका छन् । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र सिरहा र मातृभूमी युवा समाज नेपालको आयोजनामा प्राथमिक उपचार शिविर स्थापना गरिएको अध्यक्ष यादवले बताए । शिविरमा जागृती नेपालले आवश्यक सहयोग गरिरहेको भन्दै अध्यक्ष यादवले सप्तमीको दिन करिब ५० जनालाई प्राथमिक उपचार गरिएको बताएका छन् । शिविरमा प्रादेशिक अपस्ताल सिरहाका चिकित्सकहरु उपचारमा संलग्न रहेका छन् ।