सिरहा, कार्तिक ५ गते । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सिरहा सहित काठमाडौ, जनकपुर लगायतका क्षेत्रमा महसुस गरिएको थियो । सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको केन्द्रले जनाएको छ । भूकम्पका कारण क्षति भएको हो वा होइन त्यसको विवरण आउन सकेको छैन् ।