सिरहा, कार्तिक २ गते । नेकपा एमाले सिरहा जिल्लाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले पाएका छन् । जिल्ला उपाध्यक्ष रहेका डा यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको छ ।
जिल्ला अध्यक्ष रहेका चन्देश्वर मण्डल मधेश प्रदेशको अध्यक्षमा निर्वाचित भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी डा यादवले पाएको नेकपा एमालेले जनाएको छ ।