सिरहा, कार्तिक २ गते । एसिसी यू–१९ प्रिमियर कपमा नेपालले सानदार जित हासिल गरेको छ । जितसँगै नेपाल समिफाइनलमा प्रवेश गरेको छ ।मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा साउदी अरबलाई तीन सय एक रनको विशाल अन्तरले पराजित गर्दै नेपाल एसिसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर साउदीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर तीन सय ४७ रन बनाएको थियो ।
नेपालले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा साउदी अरब १९.१ ओभरमा ४६ रनमै अलआउट भएपछि नेपालले तीन सय एक रनको विशाल जित हासिल गरेको छ ।
साउदी अरबलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेश कँडेलले ६, आकाश चन्दले दुई र सुवास भण्डारीले एक विकेट लिए । दीपेशले यसअघि पनि ६ विकेट लिएर सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।
त्यसअघि अर्जुनलले एक सय ४२ रनको इनिङ खेलेपछि नेपालले रनको पहाड खडा गरेको थियो । नेपालका लागि आकाश त्रिपाठीले ८९ को योगदान दिए ।