सिरहा, असोज २८ गते ।
एसीसी यू–१९ प्रिमियर कप मा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको छ।
देव खनाल र अर्जुन कुमालको ६८ रनको अर्धशतकीय साझेदारी गरेसँगै नेपालले विजयी प्राप्त गरेको हो ।
७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । १० रनमा तीन विकेट गुमाएको नेपालका लागि देव खनाल र अर्जुन कुमालले बलियो साझेदारी गरेको थियो ।
अर्जुन र देव दुवैले समान ३२÷३२ रन बनाएका थिए । बहराइनका लागि अनस ओबैड सैदले तीन विकेट लिए ।
बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भएको थियो । नेपाली बलर
दीपेश कडेंल आजको खेलमा नेपालका लागि हिरो बने । उनले ९.५ ओभरमा ८ ओभर मेडन गराउँदै ४ रन मात्रै खर्चेर ६ विकेट लिए । दुर्गेश गुप्ताले ८ ओभर बलिङ गर्दै १ मेडनसहित २२ रन दिएर ४ विकेट लिए । यस अद्धि नेपालले पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको फराकिलो जित निकालेको थियो ।