सरोज कुमार पासमान, मिर्चैया १९ भाद्र । घर घरमा माओवादी । जनजनमा माओवादी । नाराको साथ जनता संग माओवादी विषेश रुपान्तरण अभियान सिरहामा प्रभावकारी बन्दैछ । सिरहा जिल्लाको सबै पालिकामा जनता संग माओवादी विषेश रुपान्तरण अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु माओवादी नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागितामा धमाधम सम्पन्न भइरहेका छन् । मंगलवार सिरहाको मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रको मधेश प्रदेश सदस्य, कर्जन्हा नगरपालिकाको पुर्व मेयर तथा यस अभियानका मिर्चैया नगरपालिका इन्चार्ज गंगा पासमानको अध्यक्षतामा जनता संग विषेश रुपान्तरण अभियानात्मक भेला २०८० सम्पन्न भएको छ । कार्यक्रममा विषेश अतिथिको रुपमा मिर्चैया नगरपालिकाको नगर प्रमुख तथा कल्याणपुर नगरपालिकाको ईन्चार्ज श्रवण कुमार यादव र प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा मिर्चैया, कल्याणपुर र कर्जन्हा नगरपालिकाको कमाण्डर टेक बहादुर बलम्पाकीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवले भने,“पार्टीलाई मजबुत बनाउन हामी सबै निस्वार्थ एक हुनुपर्छ । तर, पार्टी भित्र वसेर विभिन्न पार्टी संग मिलेर अन्तरघात गर्नेलाई आवश्यक कारवाही समेत हुन जरुरी रहेको छ ।” सिरहा जिल्लाको स्थानियतह २०७४ सालको निर्वाचनको नतिजामा हामीले जिल्लाको १७ पालिका मध्ये ८ पालिका जितेका थियौं तर अन्तरघात र पार्टीबाटै बैमानीका कारण बल्लतल्ल एउटा पालिका जित्न सकेकाले पार्टी संग बैमानी गर्ने, अन्तरघात गर्नेलाई आवश्यक कारवाही सहित अघि बढ्यौं भने पार्टी पहिलाको भन्दा मजबुत हुने मेयर यादवले दाबी गरे ।
वैज्ञाणिक समाजवादी क्रान्ति हाम्रो दिशा र लक्ष्य भएकाले समाजवादी मोर्चा अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा मिर्चैया, कल्याणपुर र कर्जन्हा नगरपालिकाको कमाण्डर टेक बहादुर बलम्पाकीले कार्यक्रममा बताए । समाजवादी क्रान्ति एकलैले सम्भव नभएकोले विचार र सिद्धान्त मिल्ने विभिन्न पार्टी संग मोर्चा बनाएर जानुपर्ने बाध्यता रहेको र समाजवादी क्रान्तिको लागि लाखौं जनताको समेत आवश्यकता भएकोले टोलटोलमा माओवादीको बलियो संगठनको जरुरी रहेको उनले बताए । विगतमा भएका विभिन्न कमीकमजोरीलाई हामी विर्सौ र पार्टीको यो अभियानलाई सफल बनाएर स्थानिय तह देखि केन्द्र सम्म पार्टीमा नयाँ उर्जाका लागि अनवरत रुपमा खट्न हुनका लागि नेता तथा कार्यकर्तालाई बलम्पाकीले निर्देशन समेत दिनुभयो छ । देशमा जनयूद्ध के का लागि भयो ? हजारौंले हासिहासि आफ्नो ज्यान किन गुमायो ? एक पटक फेरि गम्भिरता पुर्वक सोच्नुपर्ने स्थिती आएको कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा माओवादी केन्द्रको मधेश प्रदेश सदस्य, कर्जन्हा नगरपालिकाको पुर्व मेयर तथा यस अभियानका मिर्चैया नगरपालिका इन्चार्ज गंगा पासमानले बताए । जनयूद्धबाट प्राप्त उपलब्धिलाई समेत खतरामा ल्याउनका लागि लोकतन्त्र, गणतन्त्र विरोधी शक्तिहरु चुरमुराउन थालेकाले प्राप्त उपलब्धी रक्षा गर्नका लागि घरघरबाट माओवादी उठ्नुपर्ने र प्रतिकृयावादीलाई कडा जवाव दिनुपर्ने पुर्वमेयर पासमानले बताए । बैठकबाट सबै वडाहरुमा भेला गर्ने मिति र समय तोकिएको छ भने माओवादीलाई कसरी बजबुत बनाउने विषयमा पार्टीको विभिन्न विषयमा छलफल गरि पार्टी बनाउने तर्फ केन्द्रित हुनेमा नेताहरुले जोड दिएका छन् ।