सरोज कुमार पासमान
कर्जन्हा, २९ श्रावण । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा रहेको साना शहरी तथा खानेपानी संस्थामा कार्यरत कर्मचारीको हत्या गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । असार ११ गते मिर्चैया नगरपालिका वडा नं. ७ स्थित रहेको साना शहरी तथा खानेपानि संस्थामा पालेको काम गर्ने मिर्चैया नगरपालिका वडा नं. ८ मझौवा बस्ने भोला राय कुर्मीको छोरा ६० वर्षिय किशोरी राय कुर्मीको हत्या गरिएको थियो । संस्थाको कम्पाण्ड भित्र रसिद बुझाउने भवनको बराण्डामा मृत
अबस्थामा रहेको प्रहरीले खबर प्राप्त गरेपछि आवश्यक अनुसन्धान तत्कालै सुरु गरि जिल्ला धनुषा धनुषाधाम नगरपालिका घर भई हाल जिल्ला सिरहा मिर्चैया
नगरपालिका वडा नं. ७ बस्ने जोगिन्द्र सदाको छोरा बर्ष २२ को रबिन सदा र जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ५ बस्ने फुलगेन सदाको
छोरा बर्ष २० को दिपक सदा पक्राउ गरि सार्वजनिक गरेको हो । कुर्मी सोही संस्थाको कम्पाण्ड भित्र रसिद बुझाउने भवनको
बराण्डामा मृत अबस्थामा भेटिएको थियो । पक्राउ परेका व्यक्तिहरु संस्थामा चोरी गर्ने उद्देश्यले गएको र उनलाई प्रतिकार गर्न खोज्दा धारिलो हतियार घाँटीमा प्रहार गरि हत्या गरिएको उनिहरुले स्विकार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएका छन् ।