सिरहा, वैशाख ११ गते । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरबबीचको आजको खेल रद्द भएको ।
मूलपानी खेलमैदानमा लगातारको वर्षा र मैदान गिलो भएका कारण खेल रद्द भएको हो । मूलपानी खेल मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको थियो । यसैबीच अफिसियलहरूले पटकपटक मैदानको निरीक्षण गरेका थिए । अझै पनि वर्षा पूर्ण रूपमा रोकिएको छैन । तालिकाअनुसार आज बिहान ९ बजे टस हुने थियो ।
खेल रद्ध भएपछि नेपाल र साउदी दुवैले एक–एक नम्बर पाएका छन् । खेल हुन नसके पनि नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको । नेपालले यसअघिका दुवै खेल जित्दै चार अंक हासिल गरिसकेको थियो । र नेपाल शीर्ष स्थानमा थियो ।
समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग अगामी विहिवार त्रिवि किर्तिपुर मैदानमा प्रतिस्पर्धा गर्नेछ ।