अरुण कुमार गुर्मैता
सिरहा, वैशाख ९ गते । सिरहा–माडर सडक विस्तार योजना विरुद्धमा आन्दोलनको घोषणा भएको छ ।
सिरहाको रामजानकी मन्दिरमा आज बसेको बैठकले सिरहा नगरपालिकाले जारी गरेको सडक क्षेत्र खाली गराउने सूचनालाई ध्यानमा राख्दै छलफल गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
स्थानीय र व्यपारीहरुको संयुक्त बैठकले सडक विस्तारको विरुद्धमा जिल्ला प्रशासन कार्यालय सिरहा, सिरहा नगरपालिकालाई ज्ञापन पत्र बुझाउने, व्यापार व्यवसाय ठप्प पार्ने, सडक अबरुद्ध गर्ने र व्यापार व्यसाय बन्द गरी नगरपालिकालाई चाबी बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
नेपाली काँग्रेसका स्थानीय नेता समेत रहेका देव कुमार यादवले नगरपालिकाले जारी गरेको सूचना गलत भएको र सडक विस्तारमा मोनोपोली गर्न खोजेपछि विरोधमा उत्रिन र आन्दोलन घोषणा गर्न बाध्य भएको बताएका छन् ।