सरोज कुमार पासमान, १८ असार, कर्जन्हा । सिरहा जिल्लाको गोलबजार नगरपालिकामा रहेको बर्धमान होस्पिटलले निःशुल्क रुपमा पाठेघरको शल्यक्रिया गरिदिएपछि विरामीहरु खुसी भएका छन् ।
होस्पिटलले आफ्नै लगानीमा ’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ कार्यक्रम संचालन गरि सिरहा जिल्लाका ३२ महिलाहरुको पाठेघरको शल्यक्रिया गरिदिएपछि आफुहरु निकै खुसी भएको सिरहा नगरपालिका वडा नं. ६ वस्ने हेमो देवी पासमानले बताए । आर्थिक अवस्था कमजोर भएका कारण १५ वर्ष देखि यो समस्या झेल्दै आएको थिए उनले बताइन् ।
विगतका वर्ष देखि पाठेघरको समस्या रहेको तर, आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेको र विभिन्न समस्या खेप्दै आएको अवस्थामा बर्धमान होस्पिटलले निःशुल्क रुपमा शल्यक्रिया गरेर नयाँ जीवन दिएकोले धन्यवादको पात्र भएको हिरा देवी साहले जानकारी दिए ।
लाजका कारण पाठेघरको समस्या लामो समय लुकाएर राखेको थिए । आफुलाई यो समस्या वारे विशेष कुरा जानकारी थिएन गाउँकै स्वयम सेविकाले आफुलाई यो समस्याको समाधान र उपाय वारे विस्तृत जानकारी दिदै बर्धमान अस्पतालमा निःशुल्क रुपमा शल्यक्रिया भइरहेको बताएपछि आफुले शल्यक्रिया गराएको र धेरै समस्या भएको थियो अहिले कुनै समस्या समेत नरहेको रिझो यादवले सुनाए ।
’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ कार्यक्रम सरकारले ल्याउनुपर्ने हो । तर, बर्धमान होस्पिटलले आफ्नो सासु आमालाई निःशुल्क रुपमा शल्यक्रिया गरिदिएपछि अस्पताल परिवार धन्यावादको पात्र रहेको ज्योती साहले जानकारी दिए ।
वर्षौ देखि पाठेघरको समस्याले ग्रसित छु । घरमा छोरा बुहारी छ तर शल्यक्रिया गराउन चाहदैन्न् । यस्तो अवस्थामा रोग पालेर हिँडिरहँदा दशकौंसम्म दिसा–पिसाब गर्न, बस्न अप्ठेरो हुने, भारी काम गर्दा पाठेघर दुख्नेलगायत समस्या झेल्दै आएको थिए । यस्तो अवस्थामा अस्पतालले खाने वस्ने सबै व्यवस्था गरेर शल्यक्रिया गरिदिएको सोना वती साहले बताइन् ।
मधेश प्रदेशका जिल्लाहरुमा पाठेघरको समस्यालाई लुकाएर राख्ने गरेको धेरै बिरामी पाए । साथै शल्यक्रियामा धेरै पैसा खर्च लाग्छ भन्ने डरले समेत शल्यक्रिया नगराउइ अनेक समस्या झेल्दै आएकाले पाठेघरको समस्याले ग्रसित महिलाहरुका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको अस्पतालका संचालक डा.तेजशंकर यादवले बताउनुभयो ।
’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ कार्यक्रम सरकारले गर्नुपर्ने हो । हामी संग पनि उहाँहरुले कुरा गरेर शल्यक्रिया कार्यक्रम संचालन गर्नुभएन तर, गरिब दलित असहाय बिरामीहरुलाई मध्यनजर गर्दै हामीले ’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ कार्यक्रम ल्याएर ३२ जना पीडित महिलाहरुको शल्यक्रिया गरिसकेको बताए ।