सरोज कुमार पासमान, कर्जन्हा, २६ वैशाख । सिरहा जिल्लामा अध्यधिक रुपमा आगलागिका घट्ना बढ्दै गइरहेको छ । मधेश प्रदेशको जिल्लाहरु मध्ये सिरहा जिल्लामा एक वर्षको अवधिमा आगलागिबाट सबभन्दा अधिक क्षतिभएको तथ्याकले देखाउछ । यसै क्रममा सिरहाको मिर्चैया नगरपालिकामा समेत क्रमिक रुपमा आगलागिका घट्ना बढी रहेका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालिका ८ मझौवामा सोमबार राती भएको आगलागिमा ६ वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्र्चैयाले जानकारी दिएका छन् ।
राती २ बजेको समयमा आगलागि हुँदा बिमलेश कुमार राय , कमलेश कुमार राय, जगत सदा, कमलेश सदा , सिटुर सदा र कारी सदाको घर जलेर नष्ट भएको हो । यस भन्दा अगाडि समेत मिर्चैया नगरपालिका वडा नं. ३ मा भएको आगलागीमा ६ वटा घर जलेर नष्ट भएको थियो ।
आगलागीबाट प्रभावित भएका परिवारलाई मिर्चैया नगरपालिकाको समन्वयमा राहतका विभिन्न सामग्रीहरु उपलब्ध गराइएको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवले जानकारी दिए । मेयर श्रवण यादवको पहलमा नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय, सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहाबाट समेत राहत उपलब्ध गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल मार्फत प्रति परिवार १५ हजारका दरले रकम उपलब्ध गराइएको छ भने नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाका सभापति राजदेव यादवले लुगा, त्रिपाल, भाडा लगायतका विभिन्न राहतका प्याकेज उपलब्ध गराएकोे छ ।
समान्य त्रुटिका कारण आगलागीका घट्नाहरु दिनदिनै बढ्दै गइरहेका कारणले सावधानी अपनाउनुपर्ने अहिलेको आवश्यकता रहेको मेयर यादवले बताए । समाजमा आगलागि सम्बन्धी जनचेतनाको समेत कमी भएकाले नगरपालिकाले नगरभित्रका समुदायमा यस सम्बन्धी सचेतनाका लागि कार्य गर्ने तर, यस समस्याबाट पुर्ण रुपमा बाँचनका लागि आफै सजग हुनुपर्ने बताएका छन् । मिर्चैया नगरपालिकाले विपद परेको बखत तुरुन्त राहतका सामग्री उपलब्ध गर्नका लागि विभिन्न कार्यहरु गर्दै आएको र यसलाई थप व्यवस्थित बनाउनका लागि आफुहरुले योजना बनाइरहेको मेयर यादवले दाबी गरे ।