सिरहा, वैशाख ५ गते । भन्सार छलीको समान सहित प्रहरीले एक म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहावाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका– ९ गुलरिया गाउँ नजिक ज. १ ज. ३१५ नम्बरको म्याजिकलाई भन्सार छलीको समान सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रबिन्द्रराज पाण्डेले म्याजिक भ्यानमा ३० हजार मूल्य बरावरको १५ बोरा मैदा फेला परेको जनाएको छ ।
यता सो भ्यानमा भारतबाट भन्सार छली गरी विभिन्न खाद्यन्न सामग्री तस्करी भईरहेको सूचना प्रहरीमा पुगेको थियो । स्थानीयले नियमित रुपमा तस्करी भईरहँदा त्यसलाई रोक्न प्रहरी अधिकृतलाई नै गुनासो गरेपछि प्रहरीको टोली म्याजिक भ्यान नियन्त्रणमा लिन खटिएका थिए ।
सिरहा जिल्लामा सीमा क्षेत्रमा खटिएका प्रहरीदेखि भन्सार कर्मचारीको सेटिङमा ठूलो परिमाणमा खाद्यन्नदेखि स्पेयर पार्टस्, कुखुरा, लत्ताकपडाको तस्करी भईरहेको छ ।