सिरहामा आइतबार एक महिलाको हत्या भएको छ । सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षिय रामउदगार साहले आफ्नै श्रीमती ६० वर्षिया निर्मला साहको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।प्रहरीले हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ। प्रहरीले श्रीमानले हत्या गरेको स्वीकारेपनि कारण भने अझै नखुलाएको जनाएको छ ।मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।शनिबार पनि सिरहाको गोलबजारमा होटल चलाए बसेका एक महिलाको हत्या भएको थियो ।