Home » प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् । नयाँ बनेको समीकरणअनुसार प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा चार पार्टीबाट चार जना उपप्रधानमन्त्री बनेका हुन् । एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री हुँदा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् । जसअनुसार महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, श्रेष्ठलाई परराष्ट्र, रविलाई गृह र यादलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको जिम्मेवारी दिइएको छ ।यादवले आइतबार मात्रै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । उपप्रधानमन्त्रीमा सबैभन्दा शीर्ष वरियता महासेठको रहेको छ । नयाँ समीकरण बनाउनुअघि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्मा दुई जनामात्रै उपप्रधानमन्त्री थिए ।