सिरहा, चैत २४ गते । सहिद हेमनारायण गोल्कडप फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ ।
घरेलु टोली (आयोजक) सलहेश युवा कल्व र वीरगंज युनाईटेडवीच उपाधीको कब्जा गर्ने गरी भिडन्त हुन लागेको छ । सदरमुकाम सिरहामा रहेको सूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो ३ बजेदेखि प्रतिस्पर्धा हुने भएको छ ।
उपाधि विजेताले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार नगद पुरस्कारसँगै ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।
चैत १५ गतेदेखि सुरु भएको प्रतियोगिताको अन्तिम खेल आज भव्य कार्यक्रम गरी समापन गर्ने योजना रहेको अध्यक्ष यादवले बताएका छन् ।