प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन फेरेर नयाँ समीकरण बनाउनुको कारणबारे माओवादी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । उनले बामपन्थी एकतासम्मका लागि समीकरण बनेको बताए ।बैठकमा उनले तीनवटा विषय उल्लेख गर्दै नयाँ समीकरणको आवश्यकता परेको बताए । उनले सरकारका कामलाई गति दिने, शान्ति प्रक्रियाका काम पुरा गर्ने र बामपन्थी एकताको काम अघि बढाउन अहिले समीकरण नयाँ बनाइन लागिएको उल्लेख गरे ।बैठकले अध्यक्ष दाहाललाई नै अब मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूको छनौट गर्न जिम्मा दिएको छ । बैठकमपछि माओवादी नेता देवेन्द्र पौडेलले पनि बामपन्थी एकतातर्फका लागि अहिले एमालेसँगको गठबन्धनको स्टेप चालिएको बताए ।’विगतमा बामपन्थी एकता गर्ने भनिएको हो । सरकार पनि बनाइएको हो तर सफल भएन । तर जनताहरुले बामपन्थी एकता होस् भन्ने थियो’ उनले भने,’ अहिले हामी सबैदलहरूसँग मिलेर अघि बढ्ने प्रयास गर्छौं ।’ उनले अहिले समाजवादी मोर्चामा माओवादी, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द पनि रहेको उल्लेख गर्दै अब एमाले पनि आएपछि मोर्चाबाट पनि जान सकिने उनले बताए ।