रातोपाटीको नियमित स्तम्भ स्थानीय सवाल अन्तर्गत आजको शृङ्खलामा हामी काठमाडौँ वडा नं. २ मा पुगेका छौँ । स्थानीय तहले प्रवाह गरिरहेका सेवा, सेवाग्राहीका प्रतिक्रिया, गुनासा र प्रतिक्रियाका आधारमा कर्मचारी र जनप्रतिनिधिलाई जिम्मेवार बनाउने प्रयास कार्यक्रम ‘स्थानीय सवाल’ले गरिरहेको छ । यस शृङ्खलामा हामीले लाजिम्पाटस्थित काठमाडौँ वडा नं. २ को कार्यालय पुगेर त्यहाँका स्थानीयका गुनासाहरू समेटेका छौँ । विशेष गरेर विकास निर्माणका विषयमा असन्तुष्ट स्थानीयले वडा नं. २ मा रहेको सडकका विषयमा गुनासो पोखेका छन् भने जनप्रतिनिधिले निर्वाचनका समयमा गरेका बाचा बिर्सँदै गएको आरोप समेत उनीहरूले लगाएका छन् ।