नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामादरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले बुधबार टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सलाई ब्याटिङका लागि बोलाएको हो ।नामिबियाविरुद्ध मंगलबार २० रनले पराजित भएको खेलबाट नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपाली टोलीमा ललित राजवंशी र प्रतिश जिसी समावेश गरिएको छ । उनीहरूलाई अविनाश बोहरा र विवेक यादवको स्थानमा ल्याइएको छ ।नेपाली टोलीको प्लेयिङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र ललित राजवंशी छन् ।स्कट इडवार्डसको कप्तानीमा रहेको नेदरल्यान्ड्सले क्रिकेट विश्वकप लिग २ को टोलीबाट फ्रेड क्लासेन र टीम भान डेर गुटेनलाई राखेको छ । भान डेर गुट प्लेयिङ ११ बाट खेलिरहेका छन् ।अलराउन्डर बास डी लेड इंग्लिस काउन्टी क्रिकेट खेल्न फर्किसकेका छन् । उनी डरहमबाट खेलिरहेका छन् । डरहममा नेदरल्यान्ड्सका पूर्वप्रशिक्षक रायन क्याम्बेल प्रशिक्षक रहेका छन् ।डच क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा दक्षिण अफ्रिकाका ग्यारी क्रिस्टेन समावेश भएका छन् । भारतलाई २०११ को विश्वकपको उपाधि दिलाउँदाका प्रशिक्षक क्रिस्टेन तीन दिन अघि नेपाल आएका थिए । उनी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुनेश्वकपसम्मका लागि नेदरल्यान्ड्सको ब्याटिङ परामर्शको रुपमा रहेका छन् ।दक्षिण अफ्रिकाको केपटाउनमा १ महिना महिना प्रशिक्षण गरेर नेपाल लिग २ र ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाका लागि तयारी गरेको थियो । क्रिस्टेन केपटाउनमा नेदरल्यान्ड्सको तयारीमा पनि रहेका थिए ।दक्षिण अफ्रिकाका पूर्व ओपनिङ ब्याटर क्रिस्टेन यसअघि पनि नेदरल्यान्ड्सको ब्याटिङ प्रशिक्षकको रुपमा रहेका थिए ।