सिरहा, चैत १६ गते । रामनवमीको अवसरमा सिरहा सदरमुकाममा श्रीनारायणी सेनाले धार्मिक संदेश प्रवाह गर्ने गरी प्रर्दशन गरेको छ ।
सिरहाको रामजानकी मन्दिरबाट श्रीनारायणी सेनाले निकालेको मोटरसाईकल र्याली महावीर चौक, पिपलचौक, इमली चौक, हेमनारायण चौक, सहिद राजेश ठाकुर पार्कदेखि शिवचौकहँँदै पुनः रामजानकी मन्दिर पुगेर सम्पन्न भएको थियो । मोटरसाईकल र्यालीमा सयौं युवाहरुको सहभागिता रहेको थियो । केसरी रंगको कुर्ता, गम्छा लगाएका युवाहरुले जयश्रीराम अंकित हिन्दुत्व झल्किने झण्डा बोकेका थिए । र्यालीमा सहभागीहरुले जयश्रीरामको नारा लगाएका थिए ।
श्रीनारायणी सेनाका संगठन प्रमुख मनिष यादवको नेतृत्वमा र्याली निकालिएको थियो ।