सिरहा, चैत ९ गते । सिरहा नगरपालिकाको २५ लाखको लागतमा सिरहामा सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आगामी सिरहा चैत १५ गतेदेखि २४ गतेसम्म सिरहा क्याम्पसको खेल मैदानमा सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । नेपाल र भारतका गरी १० वटा फुटबल टिमको सहभागितामा आयोजना हुन लागेको गोल्डकपमा विजेतालाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार नगद पुरस्कार दिने अध्यक्ष यादवले बताएका छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताएका छन् ।