सिरहा, चैत ७ गते । सूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पस सिरहाका प्रमुख र निर्वाचन अधिकृतको राजीनामाको विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
स्ववियू निर्वाचनको विषयमा केन्द्रित भएर विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख रामहित यादव र निर्वाचन अधिकृत अनिल मण्डलको राजीनामा सहितका पाँच शूत्रीय माग अगाडी सारेका छन् ।
स्ववियू निर्वाचनमा विद्यार्थी संगठनहरुवीच भएको सहमति विपरीत क्याम्पस प्रमुख र निर्वाचन अधिकृत काम गरेको, सम्झौता विपरीत जनमत विद्यार्थी संघलाई ८५ जना विद्यार्थीको फर्जि कार्ड बनाएको, केही विद्यार्थीहरुलाई निर्वाचनका बेला गिरफतारी गरेको, नेविसंघले चुनाव बहिस्कार गर्दापनि एकलौटी ढंगबाट चुनाव गराएको लगायतका आरोप लगाएका छ्न।
क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई अनिश्चितकालको लागि क्याम्पस प्रवेश निशेष गरिएको, फर्जि मतदान गर्ने क्रममा पक्राउ परेका व्यक्तिलाई कारबाही गर्नुपर्ने र फर्जि आईडी कार्ड बनाएर चुनावमा धाँधली गरेकोले पुनः स्ववियू चुनाव गराउनु पर्ने माग गरेका छन् ।
संयुक्त विज्ञप्तीमा समाजवादी विद्यार्थी यूनियनका इकाइ सभापति संजय कुमार यादव, नेविसंघ ईकाई सभापति नवरत्न साह, अनेरास्ववियू ईकाई सभापति सूर्य कुमार यादव, लोकतान्त्रिक विद्यार्थी संघका ईकाई सभापति मनोज कुमार साह र अखिल क्रान्तिकारीका ईकाई सभापति सतिश कुमार मण्डलले हस्ताक्षर गरेका छन् ।