सरोज कुमार पासमान, २६ माघ, मिर्चैया । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडले बिहीबार २१ लाख २० हजार मृत्यू दाबी भुक्तानि गरेको छ ।
मिर्चैया नगरपालिका वडा नं. ५ वस्ने रामएकवाल साहले आफ्नो श्रीमती ३५ वर्षिय कुसुम देवी साहको २० लाखको जीवन बिमा रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेड मिर्चैया शाखामा दुई वर्ष अगाडि गरेका थिए । कुसुम देवी साहको कालगतीका कारण मृत्यू भएपछि नीजको श्रीमान् रामएकवाल साहलाई एकमुष्ट २१ लाख २० हजार रकम हस्तान्तरण जीवन बीमा मृत्यू दावी भुक्तानी हस्ताण कार्यक्रमको आयोजना गरि प्रदान गरिएको मिर्चैया शाखा प्रमुख सुरेन्द्र साहले जानकारी दिए । रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडले सरल र सहज रुपमा आफुलाई जीवन बीमा मृत्यू दाबी भुक्तानी रकम हस्तान्तरण गरिदिदा आफु खुसी भएको मृतककी श्रीमान रामएकवाल साहले जानकारी दिए ।
रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडले जीवन बीमा मृत्यू दाबी भुक्तानी हस्तान्तरण कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा मिर्चैया नगरपालिकाको वडा नं. ५ को वडा अध्यक्ष प्रदीप साह, वडा नं. ४ का वडा अध्यक्ष दिलिप सिंह, मिर्चैया खानेपानी संस्थाका अध्यक्ष अन्जय साह, जनमत पार्टीका प्रदेश सभा सदस्य दुष्यन्त कुमार कर्ण, स्थानीय, राजनीतिककर्मी, बुद्धिजीवी, समाजसेवी लगायतका विभिन्न सरोकारवाला व्यक्तिहरुको उपस्थितीमा चेक हस्तान्तरण गरिएको शाखा प्रमुख साहले जानकारी दिए । रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेड मिर्चैया शाखाले समयमै पीडित परिवारहरुलाई मृत्यू दावी भुक्तानी गरिदिदा आमजनताहरुका लागि सहज कार्य भएकोले यस कार्यलाई निरन्तरता दिनहुन मिर्चैया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदीप साहले अनुरोध गरे ।
हामीले जनतालाई सहज रुपमा सेवा प्रदान गर्नका लागि पीडित परिवारको घरमै गएर सेवा दिदै आएको र अगामी दिनमा समेत यस्ता थप सेवा विसुविधाहरु लागुगर्ने रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेड मिर्चैया शाखाका प्रमुख सुरेन्द्र साहले बताए ।