Home » सुदूरपश्चिम र लुम्बिनीमा एनसेलकाे फोरजी सेवामा थप सुधार

एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ । दुई प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका हुन् ।आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले फोरजी सेवामा थप सुधार गरेकोे हो ।देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरेर आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको जनाएको छ । सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहालगायत क्षेत्रमा फोरजी सेवा सुधार गरिएका छन् । लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर क्षेत्रमा फोरजी सेवा सुधार गरेका हुन् ।आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै २०७४ जेठ १८ काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकको संख्या असोजसम्ममा ६८ लाख ८५ हजार छ । भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याकंको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत छ ।