प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ नेताकार्यकर्तालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ । सो क्रममा जनकपुरधाममा बन्द गराउँदै हिड्ने २३ जनालाई रामानन्दचोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।डिएसपी अवाका अनुसार उनीहरुलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ ।