भारतको अयोध्यास्थित राम मन्दिरमा यतिबेला प्राण प्रतिष्ठा समारोहको तयारी तीव्र भइरहेको छ । यसैबीच शनिबार अबेर राम मन्दिरमा बम राखिएको सूचनाले हंगामा भयो । सूचना आएको पाँच मिनेटभित्रै सुरक्षा अधिकारीहरु राम जन्मभूमि परिसर पुगे । प्रहरीले सारा मन्दिर आफ्नो नियन्त्रणमा लिएर ठाउँ ठाउँमा बम खोज्न थाल्यो ।शाहजहांपुर बस्ने एक १२ वर्षिय बालकले भिडियो गेम खेल्दै गर्दा ११२ मा डायल गरेका थिए । फोन उठेपछि उनले जिस्किएर राम जन्मभूमि थानामा बम भएको बताए । कन्ट्रोल रुमाबाट बच्चालाई फोन गर्दा बम राम मन्दिरमा भएको बताए । प्रहरी फोन आएको मोबाइल नम्बर धनी खोजबिन शुरु गरेपछि नम्बर शाहजहांपुर जिल्लाको पिपरा गाँउको जप्ती निवासी लिलावतिको भएको थाहा भयो ।घरमा पुगेर सोधपुछ गर्दा लिलावतिको नातीले गेम खेलिरहेको बेलामा अचानक ११२ मा फोन गएको अनि बच्चाले जिस्किएर बमको कुरा बताएको थाहा भयो । बमसम्बन्धी सूचना आउने बित्तिकै शनिबार रात ११ः३० बजे सुरक्षा एजेन्सीका अधिकारीहरुले राममन्दिरमा बम खोजेका थिए । खोजतलासको क्रममा कुनै संदिग्ध वस्तु भेटिएन । भविष्यमा यस्तो गल्ती नदोहोर्याउन बच्चालाई प्रहरीले चेतावनी दिएको छ