राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । सभापति लामिछानेलाई भेट्न चिनिया राजदूत सोङ् बिहीबार रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए । सभापति लामिछाने र राजदूत सोङबीचको भेटवार्तामा चिनियाँ कम्पनीले निर्माण गरिरहेको नारायणगढ-बुटवल सडकखण्डको विषयमा छलफल भएको थियो । सभापति लामिछानेको नेतृत्वमा रास्वपाले उक्त सडक खण्ड निर्माण चाडो सम्पन्न गर्न भन्दै ३ दिने दबाब यात्रा गरेको थियो ।रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार सडक निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे राजदूतसँग छलफल भएको छ । उनले भनिन्, ‘सभापति र राजदूतबीच उक्त सडकखण्ड थप ढिलाइ नहुन चलिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो । आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनुभयो ।’राजदूतसँगको भेटका करममा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधिसभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको थियो ।