भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा नेपाललाई पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको हो ।उक्त सहयोगमा अधिकांश अनुदान रहने भारतीय दूतावासले बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरेको छ । बैठकका क्रममा भारतले जाजरकोटका भूकम्पपीडितका लागि पाँचौं चरणको राहत सामग्री हस्तान्तरण गरेको छ ।