कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । पुस २० देखि २६ गतेसम्म राष्ट्रिय भलिबल प्रतियोगिता वीरेन्द्रनगरमा हुने नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले जनाएको छ ।३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहनेछ। प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ । खेलको व्यवस्थापकको जिम्मा कर्णाली प्रदेश भलिबल संघले लिएको संघका कर्णाली अध्यक्ष कृष्ण श्रेष्ठले बताए।कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ। खेलाडीहरुको आउने जाने, खाने बस्ने व्यवस्थापन संघले गर्नेछ । एक टिमबाट १५ जना गरेर १० टिमबाट कर्णालीमा १ सय ५० जना खेलाडीहरु आउनेछन्। प्रतियोगिता समापन गर्न ५६ लाख बढी रकम लाग्ने जनाइएको छ।यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो। कर्णाली भलिबल खेलको उर्वरभूमि भए पनि प्रतियोगिता र प्रशिक्षक नहुँदा पछाडि परेको नेपालका लागि पहिलो भलिबल क्याप्टेन रेशम गुरुङले बताए।