सोमबार राति साढे ७ बजे चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया दहचोकमा ज १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २(०३(००१ ख १९२७ नम्बरको अटो गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका थिए ।उपचारको क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृतक ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिइन्। अन्य घाइतेको अवस्था सुधारजनक रहकेको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।