उनले प्रदर्शन कुनै पनि नेतृत्वमा नभएका कारण सोचेभन्दा फरक अवस्था रहेको बताए । ‘ यस्तो अवस्थामा त्यति बल प्रयोग नगरेको भए अरू घटना हुन सक्थ्यो,’ कुँवरले भने,‘ प्रहरी संगठनका सबैले नेपालको संविधान, नागरिक प्रतिको जबाफदेहिता, मानव अधिकारको सम्मान गर्दै कमभन्दा कम बल प्रयोग गरेर अगाडी बढिरहेको छ ।’ कुँवरले प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउनेतर्फ सरकार संवेदनशील हुनुपर्ने बताए । उनले भने,‘ हामीसँग स्रोत साधन छैन । बुलेट प्रुफ ज्याकेट, अश्रुग्याँस र बडी सिल माग्न पटक पटक गृह मन्त्रालयमा पत्राचार गरेका छौँ । तर, आउँदैन ।’ उनका अनुसार यसअघिका ठुला प्रदर्शनमा पनि सिल बडी प्रोटेक्टर बुटवल, गण्डकी तालिम केन्द्रबाट ल्याउनुपरेको थियो । उनले प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउने कुरामा सबै पक्ष सचेत हुनुपर्ने बताए ।