सरोज कुमार पासमान, ९ माघ । जिल्ला सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.०५ खैरबोना स्थित आइतबार लहान ठाडी सडक खण्डमा ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटेको प्रहरी टोलीले लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ०९ सयपत्री रातोमाटे वस्ने १९ वर्षका चुडामणी राय र जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. १० सयपत्री रातोमाटे वस्ने ३० वर्षका जित बहादुर कटुवाल रहेको छ । प्र.ब.ना.नि. यज्ञानन्द प्रसाद साहको कमाण्डमा खटिएको गस्ति टोलीले दुबैजनालाई उत्तरतर्फ पैदल जादै गरेको क्रममा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डाईजोपाम ७० एम्पुल, फेनारगन ७० एम्पुल नुरफिन ७० एम्पुल गरि जम्मा २१० एम्पुल लागुऔषध फेला परेको सिरहा प्रहरीले जानकारी दिएका छन् । लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए ।