जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने भारत विहार घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवातास खेलिरहेको अवस्थामा कुमार समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।