कैलाली र धादिङबाट तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएको छ । कैलालीको गोदावरी नगरपालिका १ बरपिपल गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विकास कट्टेल र सोही नगरपालिका ३ बस्ने २९ वर्षीय प्रहलाद खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।धादिङको गजुरी गाउँपालिका २ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित नुवाकोट तारकेश्वर गाउँपालिका २ बस्ने २१ वर्षीय धिरज बराल मगरलाई प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले चामलको बोराभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।