स्डटी इन नेपाल अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सनवे कलेजसँग ती विद्यार्थीका लागि सन् २०२३ को नोभेम्बर सेसन र २०२४ को मार्च सेसनका लागि सूचना प्रविधि विषयको स्नातक तहमा उक्त छात्रवृत्ति प्रदान गर्ने सम्झौता गरिएको हो ।कलेजले विद्यार्थीहरूलाई बीएससी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । यसका लागि विद्यार्थीलाई स्कलरसिप एडदरेट इक्यान डट ओआरजी डटकम डटएनपीमा गई आवेदन भर्न सक्ने इक्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ