कोडी हाक्पोको दुई गोलको मद्दतले लिभरपुलले युरोपा लिगमा बिहीबार एलएसकेलाई सजिलै ४–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । ब्राइटन पनि नकआउट चरण पुग्न सफल रह्यो ।उसले भने एईके एथेन्सलाई १–० ले पराजित गर्यो । योर्गन क्लोपको टिमका लागि लुइस डियाज र मोहमद सलाहले पनि १/१ गोल गरे । यो जितपछि लिभरपुल समूह ‘ई’ को शीर्ष स्थान निश्चित गर्यो ।समूहको दोस्रो स्थानमा रहेको टुलुजले युनियन सेन्ट गिलोससँग गोलरहित बराबरी खेलेपछि लिभरपुल आरामदायी स्थितिमा पुगेको हो । समूह विजेताले स्वतः नकआउट चरणमा प्रवेश पाउने गर्छ । समूहमा दोस्रो हुनेले भने २ लेगको प्ले अफ खेल्नु पर्नेछ ।